कान्छो खवर । मंगलबार, पुष ०८, २०८२
गाईघाट ८ पौष ।
त्रियुगा नगरपालिकामा बर्सेनि बेरुजु रकम बढी रहेको पाइएको छ । आर्थिक बर्ष २०७४/ ७५ देखि ०८०/०८१ सम्म ६३ करोड ९१ लाख ११ हजार ६०९ रुपैया अध्याबधिक बेरुजु रहेको छ ।
त्रियुगाको १६ औं नगर सभामा सोमबार लेखा समितिका संयोगक गणेश प्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको लेखा समितिको प्रतिबेदनमा त्रियुगामा बेरुजु रकम बर्सेनि बढदै गइरहेको उल्लेख छ ।
चालू आबमा ८५ लाख १ हजार ५१७ रुपैया फछ्यौ सम्परीक्षेण भै ५१ करोड ६० लाख २० हजार ४६७ रुपैया बाकी रहेकोमा अघिल्लो आबमा १२ करोड ३० हजार ९१ हजार १४२ रुपैया बेरुजु रकम थप भै ६३ करोड ९१ लाख ११ हजार ६०९ रुपैया रहेकोे प्रतिबेदनमा उल्लेख छ।
गत आब भन्दा अघिल्लो आबको कुल बेरुजु मध्य असुल गर्नुपर्ने १.३१ प्रतिशत ,कर्मचारीले लिएको पेश्की २.८९ प्रतिशत , प्रमाण कागजात पेश नभएको ४७ प्रतिशत र अनियमित भएको ४९ प्रतिशत बेरुजु रहेकोे प्रतिबेदनमा किटान गरिएको छ ।
बर्सेनि बढदै गएको बेरुजु असुल उपर र फछ्यौटको लागि नगरपालिकाले फछ्र्यौट इकाई समेत गठन गरेर अद्यावधिक ,बेरुजु रकम रुजु ,बेरुजु रकम ताकेता पत्राचार गरिएको प्रतिबेदनमा जनाइएको छ ।