०७ पुष २०८२, सोमबार

वडा सदस्यहरुको माग पुरा हुने भए पछी त्रियुगा नगरपालिकाको १६ औं नगर सभा अबेर सुरु

कान्छो खवर । सोमबार, पुष ०७, २०८२

गाईघाट  ७  पौष  ।

वडा सदस्यहरुले राखेको माग पुरा गर्ने सहमति पछी निर्धारित समय भन्दा झन्डै ३ घन्टा पछी  त्रियुगा नगरपालिकाको १६ औ नगर सभा सुरु भएको छ ।

नगरपालिकाको नंया प्रशासनिक भबनमा मेयर ,उपमेयर र वडा अध्यक्षको नाम शिलालेखमा लेखिएको र आफुहरुको नाम नलेखिएको हुँदा शिलालेखमा सबै वडा सदस्यको नाम राख्नु पर्ने नभए आजको नगर सभामा अनुपस्थित भएर बहिष्कार गर्ने माग राखेका उनिहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता मेयर बसन्त बस्नेतले जनाए पछी १६ औं नगर सभा अबेर सुरु भएको हो ।

वडा नम्बर १२ का सदस्य लक्ष्मी चौधरीले आफुहरुको माग सम्बोधन भए पछी नगर सभा भएको बताए ।

ढिलो सुरु भएको नगर सभामा लेखा समिति , सामाजिक बिकास ,आर्थिक बिकास ,पुर्बधार बिकास , बाताबरण तथा बिपद ब्यबस्थापन , सस्थागत बिकास र सुशासन समिति र बिधान समितिका संयोजकहरुले प्रस्तुत गरेको प्रतिबेदन उपर छ्लफल भएको थियोे ।

हिउदे अधिबेशनको रूपमा रहेकोे १६ औं नगर सभाबाट बिधान , निति नियम र योजना संशोधन हुने गर्छ ।

यहाँ कमेन्ट गर्नुहोस्