०५ पुष २०८२, शनिबार

लुकाएर राखिएको अबस्थामा कोसी किनार बाट २सय केजी गाजा बरामद

कान्छो खवर । शनिबार, पुष ०५, २०८२

फायल फोटो

गाईघाट  ५ पौष  ।

प्रहरीले सप्तकोसी किनार बाट २ सय केजी बढी गाजा बरामद गरेको छ ।ईलाका प्रहरी कार्यालय रामपुर बाट राति गस्तीमा निस्किएको प्रहरी टोलिले बेलका नगरपालिका ८ डुम्रीबोटस्थित सप्तकोशी किनार छेउमा ६ वटा प्लास्टिक बोरामा प्याक गरि ट्युमा राखेर अन्यत्र लान लागेको अबस्थामा १२ बजेको समयमा २०५ केजी गाजा बरामद गरेको हो ।

बरामद गाजा कस्तो भन्ने बारे केही खुलेको छैन ।बिगतमा समेत प्रहरीले कोसी किनार बाट ठुलो परिणाममा प्लास्टिकको बोरामा प्याक गरिएको अबस्थामा गाजा बरामद गर्दै आएको थियोे ।

गाजा तस्करीको लागि तस्करहरुले कोशी किनारमा यसरी नै   गाजा प्याक गरेर राख्ने गरेका छन् ।उक्त गाजा भारत तर्फ निकासी हुने गरेको प्रहरीले जनाएको छ ।बिगतमा पनि  पटकपटक गाजा बरामद भए पनि गाजा तस्करीमा संलग्न ब्यक्ति वा समूहलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रहरीले बरामद गाजा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्