२२ मंसिर २०८२, आइतबार

सुनकोसी नदिमा ४ दिन अघि हाम्फालेर बेपत्ता कार्कीको गोताखोर लगाएर खोजी गरिने

कान्छो खवर । शनिबार, मंसिर २१, २०८२

गाईघाट २०  मंसिर ।

चार दिन देखि सुनकोसीमा हराइरहेका एक ब्यक्ति अझसम्म फेला पर्न सकेको छैन ।

बुधबार दिउसो उदयपुर र ओखलढुंगाको हर्कपुर जोड्ने सुनकोसी पुल माथि बाट नदिमा हाम्फालेर बेपत्ता भएका कटारी नगरपालिका ३ च्याडाडाका ६२ बर्षिय लुप्त भनिने मिश्र कार्की अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

घटना स्थानमा कार्कीले लगाएको जुत्ता र फेला बरामद भएको प्रहरीले जनाएको छ ।उनले के कारणले नदिमा हाम्फालेर आत्महत्या गरे भन्ने बारे केहि खुलेको छैन ।

प्रहरीले सनिवार देखि कार्कीको खोजीमा गोताखोर टोलि परिचालन गर्न जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्