१८ मंसिर २०८२, बुधबार

शरीर बन्धक तथा अपहरण गरेको आरोपमा एक युवा जेल चलान

कान्छो खवर । मंगलबार, मंसिर १७, २०८२

गाईघाट   १६  मंसिर  ।

अपहरण तथा शरीर बन्धक कसुरमा फरार रहेका एक युवा अदालतको आदेशमा मंगलबार पुर्पक्षका लागि जेल चलाउ भएका छन् ।

त्रियुगा नगरपालिका ११ बगर टोलका बर्ष २२ का उज्वल राई जिल्ला अदालत उदयपुरको आदेशमा पुर्पक्षका लागि उदयपुर कारागार चलान भएको प्रहरीले जनाएको छ ।

गत भदौ १० गते राईले त्रिनपा ११ का  १८ बर्षिय प्रबिण श्रेष्ठ र  सिवालय टोलका सन्जिब राईलाई  कुटपिट गरि अपहरण गरेको प्रहरीले जनाएको छ । उज्वलले दुबै जनालाई  गाईघाट स्थित पिजि चौक बाट  अपहरण गरेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्