१८ मंसिर २०८२, बुधबार

निर्माण भैरहेको सडकको बिषयमा अनावश्यक हल्ला फैलिए पछी नगरपालिकाले कालो पत्रे सडकको गरायो गुणस्तर परिक्षण

कान्छो खवर । मंगलबार, मंसिर १७, २०८२

गाईघाट  १६  मंसिर  ।

बिश्व बैंकको ऋण सहयोगमा नगर क्षेत्रमा भैरहेको कालो पत्रे सडकको मंगलबार गुणस्तर परिक्षण गरिएको छ ।  सडक कालो पत्रे मापदण्ड बिपरित भैरहेको भन्दै  सार्वजनिक रूपमै   टिप्पणी हुन थाले पछी त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतको निर्देशनमा निर्माण सप्पन्न भैसकेको कालो पत्रेको गुणस्तर परिक्षण गरिएको हो ।

बिश्व बैंकका प्राबिधिक , नगरपालिकाका ईन्जिनियर ,  जनप्रतिनिधि , पत्रकार , निर्माण ब्याबसायी र स्थानिय बासिन्दाको उपस्थितिमा सडकको कोर कटिङ गरेर मोटाइ परिक्षण गरिएको हो ।

कालोपत्रे सडकको मोटाइ ४ सेमि हुनु पर्नेमा परिक्षणको क्रममा ७ सेन्टी मिटर सम्म कालो पत्रे गरिएको प्रमाणित भएको हो । सडक छेउ र बिच भागमा मेसिन प्रयोग गरि कालो पत्रे गरिएको सडक कटान गरिएको इन्जिनियर शैलेन्द्र मण्डलले बताए ।

समग्रमा २ देखि ७ सेमि सम्म कालो पत्रे गरिएको पाइएको छ , गुणस्तरको हिसाबले मापदण्ड अनुसार नै सडक कालो पत्रे रहेको उनले बताए । सडक कालो पत्रे मापदण्ड बिपरित भएको गुनासो आए पछी नगर प्रमुखको निर्देशनमा सडकको मोटाइ परिक्षण गरिएको उनले बताए ।

हामीले निर्माणको सबै काम सप्पन्न भैसके पछी मात्र कोर कटिङ गरेर कालो पत्रे सडकको थिकनेश परिक्षण गर्नुपर्ने प्राबधान रहेकोमा अहिले जनस्तर मै सडकको बिषयलाई लिएर अनावश्यक हल्ला फैलिएकोले काम सप्पन्न नहुदै सडकको गुणस्तर परिक्षण गर्नु परेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्