कान्छो खवर । मंगलबार, मंसिर १७, २०८२
गाईघाट १६ मंसिर ।
लागूऔषध सहित एक युबक पक्राउ परेका छन् ।प्रहरीले त्रियुगा नगरपालिका ६ लालपत्ता बाट सोमबार साझ कटारी नगरपालिका ७ भोर्लेका २३ बर्षिय किरण नेपालीलाई विभिन्न प्रकारका ८६ थान ट्याब्लेट लागूऔषध सहित पक्राउ गरेको हो ।
प्रहरीले नियमित चेकजाचको क्रममा नेपालीको साथ बाट औपिडोल ८० ट्याब्लेट , डाइजेपाम २ ,एम्पुल ,फेनार्गन २ एम्पुल ,ब्रुफिर्नोफिन २ एम्पुल र फेनार्गन २ गरि ८६ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्