कान्छो खवर । बुधबार, मंसिर ११, २०८२
गाईघाट १० मंसिर ।
आफन्तबाट सुनचादीको गरगहना ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ का २५ बर्षिय समानन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत कार्तिक १० गते चौधरीले नाताले माइजु पर्ने ३६ बर्षीया अनारबती चौधरीलाई आफू मोटरसाइकल दुर्घटनामा परी घाइते भएको भन्दै ऊनी बाट सुनको रिंग १ थान , सुनको तिलहरी २ थान र ३ तोला चादीको कत्री ठगी गरेको प्रहरीले जनाएको छ ।
चौधरीले १८ गते पनि उनी बाट ३० तोलाको चादीको गहना समेत झुक्याएर लगेको प्रहरीले जनाएको छ ।अदालतबाट म्याद थप गरि प्रहरीले चौधरीलाई हिरासतमा राखेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्