०३ मंसिर २०८२, मंगलबार

कटारी – घुर्मी सडक स्तरउन्नतिको काम एक महिना भित्रै सुरु हुने

कान्छो खवर । सोमबार, मंसिर ०२, २०८२

गाईघाट  १  मङ्सिर ।

भौतिक पुर्बाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सिद्धिचरण राजमार्गको स्तरउन्नतिको काम तत्काल थालनी हुन लागेको बताएका छन् ।

कटारी – घुर्मी सडक खण्ड संघर्ष समितिले आइतबार काठमाडौमा मन्त्री घिसिङलाई ज्ञापन पत्र बुझाए लगत्तै उनले उक्त सडक मार्गको काम अब चाडै सुरु गरिन लागेको बताएका छन् ।

संघर्ष समितिको टोलि बाटो निर्माणको काममा निकै ढिलाइ भए पछी मन्त्री घिसिङलाई ध्यानाकर्षण र ज्ञापन पत्र बुझाउन राजधानी लागेका थिए । मन्त्री घिसिङले उक्त टोलिलाई एक महिना भित्रै बहुबर्षिय  ठेक्का लगाएर द्रुत गतिमा काम सुरु गर्ने तयारी  भैरहेको जानकारी दिएको संघर्ष समितिका संयोजक लिलबहादुर खत्रीले बताए ।

मन्त्री घिसिङले पुर्ण बिश्वास दिलाउनु भएको छ , अब काम तत्काल सुरु हुने उनले बताए ।  उनी पनि उक्त बाटो हिडेका रहेछन् , निकै कष्ट भोगेर यात्रा गरेको मन्त्री घिसिङले सुनाएको खत्रीले बताए ।

नेपाली सेनाले निर्माण गरेको उक्त बाटो लामो समय देखि मर्मत सम्भार नहुदा कटारी – घुर्मी सडक खण्डको धेरै जसो भाग जिर्ण अबस्थामा पुगेको छ । सडकको पिच उप्किएर धुलाम्मे बनेको उक्त राजमार्गमा बर्षाको समयमा माथि बाट निरन्तर खस्ने पहिरोले थप जटिल बनाउने गरेको छ ।

७२ किलोमिटर लामो उक्त राजमार्ग  स्तरउन्नतिको लागि सरकारले चालू आर्थिक बर्षकोलागि १ अरब १२ करोड बजेट बिनियोजित गरेको मिर्चैया -कटारी – घुर्मी सडक आयोजनाका प्रमुख सिडिई दिपेश रजकले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्