कान्छो खवर । मंगलबार, कार्तिक २६, २०८२
गाईघाट २५ कार्तिक ।
झन्डै १२ केजी गाजा सहित कटारी बाट ३ जना पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय कटारीका सुरक्षाकर्मीको टोलीले कटारी नगरपालिका ४ जहडी बाट सोमबार साझ ५ बजे उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कटारी नपा ४ का बर्ष २० का रन्जित ठाकुर , वडा न. ७ का बर्ष ३९ का अरजित तामाङ र वडा .८ का बर्ष ५० का बिष्नु तामाङ रहेका छन् ।
अबैध रूपमा गाजाको कारोबार भैरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलिले उनिहरुको साथ बाट ११ केजी ६६ ग्राम गाजा बरामद गरेको एसपी राजन चापागाईंले बताए ।पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय कटारीमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्