कान्छो खवर । सोमबार, कार्तिक २५, २०८२
गाईघाट २४ कार्तिक ।
नेपाली सेनाको गाडीको ठक्करबाट शुक्रबार दिउसो गम्भीर रूपमा घाइते भएका मोटरसाइकल चालकको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
झापाको कमल गाउपालिका ५ का ३७ बर्षिय गोपालबहादुर सार्कीको उपचारको क्रममा बिहान ६ बजे बिराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पुर्ब देखि पश्चिम् तर्फ आउदै गरेको बा १ ग २४ ४० नम्बरको ट्रकले त्रियुगा नगरपालिका १० बासबारी स्थित आँखा अस्पताल नजीकको सडक बीचमा बिपरित दिसा तर्फ जादै गरेको सार्की सवार को २० प ४२४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियोे ।
बोक्सेस्थित नेपाली सेनाको पशुपति प्रसाद गणको उक्त ट्रकको ठक्करबाट गम्भीर रूपमा घाइते सार्कीलाई तत्काल उपचारको लागि बिराटनगर लगिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने गाडीका चालक सेनाका जवानलाई प्रहरीले घटना लगत्तै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।मृतकको शब आफन्तले बुझेर लगिसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।