२५ कार्तिक २०८२, सोमबार

लहान तर्फ जादै गरेको विङगर गाडी बगाहमा दुर्घटना हुदा चालक सहित १३ जना घाइते

कान्छो खवर । सोमबार, कार्तिक २५, २०८२

गाईघाट  २४  कार्तिक ।

गाईघाट देखि लहान तर्फ यात्री बोकेर जादै गरेको विङगर गाडी सोमबार बिहान आफै अनियंत्रित भै दुर्घटना हुदा चालक सहित १३ जना घाइते भएका छन् ।

गाईघाट -लहान सडक खण्डको त्रियुगा नगरपालिका ४ बगाहमा बिहान ८.१५ बजेको समयमा ना.ज ८३ ९१ नम्बरको विङगर गाडी आफै अनियंत्रित भै सडक देखि तल दक्षिण तर्फ पल्टिएको प्रहरीले जनाएको छ ।

गाडीका चालक सहित घाइते यात्रीहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको र सबैको अबस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्