२४ कार्तिक २०८२, आइतबार

गुडिरहेको ट्याक्टर बाट खसेर कामदारको मृत्यु

कान्छो खवर । आइतबार, कार्तिक २४, २०८२

गाईघाट  २३  कार्तिक  ।

लालपत्ता- दमौटी कच्ची सडक खण्डमा आइतबार बिहान गुडिरहेको ट्याक्टर बाट खसेर एक जनाको मृत्यु भएको छ ।

पिपलचौरी देखि लालपत्ता तर्फ आउदै गरेको थ्रेसर मेसिन जडान भएको स १ त ५४ ३५ नम्बरको ट्याक्टर बाट बिहान करिब ८.४५ बजेको समयमा खसेर सोही ट्याक्टरका कामदार त्रियुगा नगरपालिका ५ पिपलचौरीका ५८ बर्षिय दमशेर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको ट्याक्टर बाट राई त्रिनपा ५ गेरुवाई खोला नजिकको सडकमा खसेको प्रहरीले जनाएको छ ।गम्भीर घाइते राईलाई जिल्ला अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।उक्त घटना लगत्तै चालक फरार भएको र ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्