२३ कार्तिक २०८२, शनिबार

गाईघाटको विभिन्न ठाउ शुक्रबार भएको सवारी दुर्घटनामा ६ जना घाइते

कान्छो खवर । शुक्रबार, कार्तिक २२, २०८२

गाईघाट  २१  कार्तिक  ।

शुक्रबार दिउसो गाईघाटको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

त्रियुगा नगरपालिका ९ कालीखोला स्थित मदन भण्डारी राजमार्गमा बिहान ९ बजे स्कुटर र मोटरसाइकल एक आपसमा ठोकिएर भएको दुर्घटना ३ जना घाइते भएका छन् । गाईघाट देखि चुहाडे तर्फ जादै गरेको स- ५ प ४०४१ नम्बरको स्कुटर र बिपरित दिशा तर्फ जादै गरेको बा- प्र -०२-०१९ प १५३७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा स्कुटर चालक २६ बर्षिय ईमन कार्की , मोटरसाइकल चालक २२ बर्षिय सुरेन्द्र पुलामी मगर र निजकि आमा ४३ बर्षीया दिलकुमारी मगर घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेको जिल्ला अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारकोलागि अन्यत्र लगिएको छ ।

त्यसै गरि नेपाली सेनाको गाईघाट बोक्सेस्थित पशुपति प्रसाद गणको टुनटुन गाडीको ठक्करबाट मोटरसाइकल चालक झापा कमलमाई गाउपालिका ५ का ३७ बर्षिय गोपाल सार्की सामान्य घाइते भएका छन् ।

दिउँसो त्रिनपा १० बोक्सेस्थित कदमगाछीमा पैदल बाटो काड्दै गरेका खोटाङ चुइचुम्बा गाउपालिका  ७ टेम्माका १६ बर्षिय सुमन राई मोटरसाइकलको ठक्करबाट घाइते भएका छन् । ठक्कर दिने मोटरसाइकल र चालक फरार रहेकोेले खोजी कार्य जारी रहेकोे प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्