कान्छो खवर । सोमबार, कार्तिक १८, २०८२
गाईघाट १७ कार्तिक ।
मलद्वारमा लुकाएर ल्याउदै गरेको अबस्थामा आइतबार साझ बेलटार बाट दुई युवा लागूऔषध सहित पक्राउ परेका छन् ।
बजारमा संकास्पद अबस्थामा हिडिरहेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय बेलटारका प्रहरी प्रहरीले चौदण्डिगढी नगरपालिका ४ पैतालिस चोक बाट ३३ एम्पुल लागूऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा चौनपा ७ का २४ बर्षिय परसुराम तिमिल्सिना र वडा नम्बर ६ का २३ बर्षिय बिबेक राई रहेका छन् ।उनीहरु दुबै जनाले मलद्वारमा फ्रीजिङ गरेर लागूऔषध ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीले नगर अस्पताल बेलटारमा लगेर एक्सरे गरेर हेर्दा राईको मलद्वार बाट १८ र तिमिल्सिनाको मलद्वार बाट १३ एम्पुल लागूऔषध बरामद गरेको हो ।कुन लागूऔषध बरामद गरेको भन्ने बारे प्रहरीले केहि खुलाएको छैन ।
दुबै जनालाई ईलाका प्रहरी कार्यालय बेल्टारमा राखेर अनुसन्धान सुरु गरिएको एसपि राजन चापागाईंले बताए ।