कान्छो खवर । आइतबार, कार्तिक १७, २०८२
गाईघाट १६ कार्तिक ।
प्रहरीले गाजा सहित एक अटोचालकलाई आइतबार दिउसो पक्राउ गरेको छ ।उदयपुरको रामपुर बजार देखि सप्तरीको फत्तेपुर तर्फ जादै गरेको को २ ह ४२ ४३ नम्बरको अटो चेकजाँचक्रममा १० केजी २३० ग्राम गाजा सहित चालक उदयपुरको बेलका नगरपालिका ९ का ३२ बर्षिय बलबहादुर बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बेलका १ आम्बासी स्थित रुपनगर – चतरा – नडाह सडक खण्डमा भागलपुर प्रहरीले चेकजाँचको क्रममा गाजा सहित चालक बिकलाई पक्राउ गरेको हो । चालकले गाडीको पछिल्लो सिटमा उक्त गाजा लुकाएर राखेको प्रहरीले जनाएको छ ।
चालकलाई प्रहरीले अहिले ईलाका प्रहरी कार्यालय रामपुरमा राखिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्