कान्छो खवर । शुक्रबार, आषाढ ०६, २०८२

गाईघाट ६ असार ।
रास्ट्रिय स्वतन्त्र पार्टी उदयपुरले शुक्रबार त्रियुगा नगरपालिका गाईघाटमा २५ बुदे सुझाव सहितको ध्यानाकर्षण पत्र बुझाएका छन् ।
आगामी बर्ष २०२/०८३ को निति , कार्यक्रम तथा बजेटलाई मध्य नजर गर्दै रास्वपाले प्रमुख प्रशासकीय अधिकृत रामकुमार कोइरालालाई सुझाव सहित ध्यानाकर्षण गराएको हो ।त्रियुगा नगरपालिकामा भएको समस्याहरुलाई समाधान गर्न आगामी निति , कार्यक्रम तथा बजेटमा पार्टीले ध्यानाकर्षण गराएको सुझावलाई समेट्न आग्रह गरिएको छ ।
सुझाव सहितको ध्यानाकर्षण पत्रमा अघिल्लो आर्थिक बर्षहरुको बेरुजु रकम तत्काल असुल उपर गरि समग्र नगरको हितमा प्रयोग गरिनु पर्ने , नगरपालिकाको खर्च न्यूनीकरण गरि बिकास खर्च बढाई बित्तीय अनुशासन कायम गरिनुपर्ने , बजेट कार्यक्रममुखी नभई उत्पादन , रोजगारीमुलक र बिकासमुखी ल्याउनु पर्ने उल्लेख छ ।
त्यसै गरि नगरको फोहोरलाई ब्यबस्थापन गर्दै फोहोरलाई मोहरमा रुपान्तरण गर्ने कार्यक्रम ल्याउनु पर्ने , नगरपालिकामा भैरहेको अनावश्यक इन्धनको दोहन गर्ने कार्य तत्काल बन्द गरिनु पर्ने सुझाव उल्लेख गरिएको छ ।नगरपालिकाले जन्म , मृत्यु र बसाइँसराइ सिफारिसको प्रतिलिपी लिदा ५०० रुपैया लिनेे गरेको शुल्क खारेज गरि निशुल्क गरिनु पर्ने लगायतका सुझावहरु उल्लेख गरि ध्यानाकर्षण गरिएको छ ।
नगर अध्यक्ष उत्तम रिजाल सहितको नेता कार्यकर्ताको उपस्थितिमा उक्त ध्यानाकर्षण सहितको सुझावपत्र बुझाईएको हो ।