०५ कार्तिक २०८२, मंगलबार

चट्याङ लागेर तीनजना घाइते

कान्छो खवर । शनिबार, भाद्र १५, २०८१

गाईघाट १५ भदौ ।

खोटाङमा चट्याङ लागेर तीन जना गम्भीर घाइते भएका छ्न ।बुधबार राती बर्षा संगै चट्याङ पर्दा ऐसेलुखर्क ३ पातलेका मोहन भुजेलका २१ बर्षिय छोरा डेनिस र दुर्गानाथ भुजेलकी ६ बर्षिया छोरी अनिसा र ओडारेका टेकबहादुर दर्जीकी १५ बर्षिया छोरी समिक्षा दर्जी घाइते भएको प्रहरीले जनाएको छ ।

रातिको समयमा घरमै बसिरहेको बेला परेको चट्याङ लागेर तीनैजना घाइते भएको प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।गम्भीर अबस्थामा उद्घार गरी अस्पतालमा उपचारकोलागी लगिएको उनिहरुको अवस्थामा अहिले सुधार हुदै गएको उनले बताए ।

चट्याङको कारण गाउँमा स्थानियको १ दर्जन बढी बिधुतिय सामाग्रीहरुमा समेत क्षति पुगेको छ। स्थानियको धेरैजसो टेलिभिजन र घरमा गरेको बिधुतिय वायरीङ बिग्रीएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्