०७ साउन २०८१, सोमबार

फरार दुइ पक्राउ

कान्छो खवर । बुधबार, मंसिर ०६, २०८०

गाईघाट ६ मंसिर । प्रहरीले मंगलबार थप दुइ फरार प्रतिवादी पक्राउ गरेको छ। इलाका प्रहरी कार्यलय बेलटारबाट खटेको प्रहरीटोलिले लागूऔषध र सवारी ज्यानसम्बन्धी मुद्दामा सजाय पाएका उनिहरुलाइ पक्राउ गरेको हो ।सवारी ज्यान मुद्दामा अदालतबाट १ बर्ष ११ महिना ८ दिन कैद सजाय तोकिएको चौदन्ढिगढि नगरपालिका १ का बर्ष २१ का सुर्य परियार र लागूऔषध मुद्दामा ११ महिना ५ दिन कैद र ५ हजार रुपैया जरिवाना सजाय तोकिएको ताप्लि गाउपालिका १ का बर्ष २४ का पुकार भन्ने लेख बहादुर मगरलाइ पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।फैसला कार्यान्वयनको लागि उदयपुर अदालत पठाइएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्