कान्छो खवर । बुधबार, बैशाख ०२, २०८३
गाईघाट २ बैशाख ।
सवारी दुर्घटनामा परि घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ ।मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरगढी ७ जोगिटोलमा मंगलबार दिउसो भएको सिटि सफारी दुर्घटनामा परि गम्भीर रूपमा घाइते भएका रौतामाई गाउपालिका ७ मुर्कुचीका ४ बर्षिय सुरज मग्रातीको दिउसो उपचारको क्रममा बिराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालटार देखि गाईघाट तर्फ आउदै गरेको को .प्र .०५-००१ ह ०६५ नम्बरको सिटि सफारी दिउसो ४ बजे आफै अनियंत्रित हुदा सडकमा पल्टिएको थियो । उक्त दुर्घटनामा मृतका बाबू दिपक मग्राती र चालक त्रियुगा नगरपालिका ३ भुल्केका जयराम चौधरी समेत घाइते भएको प्रहरीले जनाएको छ । उनिहरुको अबस्थामा सामान्य रहेकोे छ ।
मृतक बालकको टाउकोमा गहिरो चोट लागेको कारण उपचारको लागि उनलाई बिराटनगर लगिएको प्रहरीले जनाएको छ । शबको पोस्ट मार्टम गरि आफन्तलाई बुझाइएको छ ।