कान्छो खवर । आइतबार, चैत्र २२, २०८२
गाईघाट २२ चैत ।
मदन भण्डारी लोकमार्ग अन्तरगत कटारी नगरपालिका ५ बलाहमा आइतबार बिहान ४ बजे सडक किनारको एक घरमा गुडिरहेको ट्रक अनियंत्रित भै पल्टिएको छ ।
सडक देखि हुइकिदै आएर घरमा ट्रक पल्टिएको प्रहरीले जनाएको छ ।ओखलढुंगा खिजिफलाटेबाट उत्तिसको काठ बोकेर झापा तर्फ आउदै गरेको प्र -१-०२-००२ ख ०५३७ नम्बरको ट्रक सडकमा गुडिरहेको बेला अनियंत्रित भै स्थानिय बाबुराम दनुवारको घरमा पल्टिएको प्रहरीले जनाएको छ ।
ट्रक घरमा पल्टिएको बेला दनुवार दम्पति घर भित्र रहेको तर उनीहरुलाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ । घटना लगत्तै स्थानियहरुले घरको भित्ता फोडेर उनिहरुलाई बाहिर निकालेका थिए ।
बासको टाटीले बनाएको घर र त्यसमा रहेकोे पसलमा भने क्षेती पुगेको छ । प्रहरीले बिहान पख चालक निदाएकोले गाडी अनियंत्रित भै सडक छेउमा रहेकोे दनुवारको घरमा आएर पल्टिएको हुन सक्ने अनुमान गरेको छ ।
गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।