१९ चैत्र २०८२, बिहिबार

१९ चैत्र २०८२, बिहिबार

त्रियुगा नगरपालिकाले बालमन्दिर माबीका प्रअ जेबि खड्कालाई जिम्मेवारीबाट हटायो , खड्काले आफुलाई गलत तरिकाले नगरपालिकाले हटाइएको आरोप

कान्छो खवर । बिहिबार, चैत्र १९, २०८२

गाईघाट   १९   चैत  ।

त्रियुगा नगरपालिकाले बालमन्दिर माध्यमिक बिध्यालयका प्रधानध्यापक जङ्ग बहादुर खड्कालाई उक्त पदबाट हटाइएको छ ।

नगर शिक्षा समितिको २०८२ चैत १३को निर्णय बाट खड्कालाई प्रअको जिम्मेवारी बाट हटाइएको भन्दै बुधबार खड्काको नाममा प्रेषित पत्रमा उल्लेख छ । तर खड्काले उक्त  पत्र नबुझे पछी नगरपालिकाको कर्मचारीले बिध्यालयको भित्तामा टास गरेका छन् ।

प्रअ खड्काले भने नगरपालिकाले प्रतिशोध साधेर आफुलाई प्रअबाट हटाइएको बताए । मलाई जुन अभियोग लगाइएको छ , त्यो सबै झुट हो ।उनले भने ।

अघिल्लो पटक मलाई राजनैतिक पुर्बाग्रह राखेर सरुवा गरिएकोमा उक्त सरुवा विरुद्ध न्यायको लागि अदालत गएकोमा सोही कारण आफुलाई अहिले पुर्बाग्रही ढंगले प्रअबाट हटाइएको उनलेे बताए ।

नगरपालिकाले पुर्बाग्रही ढंगले हटाइएको बिषयमा न्यायकोलागि अदालत जाने समेत उनलेे बताए । मलाई प्रअबाट  हटाउने तयारी पहिले देखि नै थियो , माघ १० गते मलाई अनावश्यक बिषयमा स्पस्टिकरण सोधिएको थियो । उनले भने ।

मेरो जवाफ चित्तबुझ्दो नभएको भन्दै आज आएर मलाई प्रअको जिम्मेवारीबाट हटाइएको उनले बताए ।

खड्कालाई त्रियुगा नगरपालिका शिक्षा नियमावली २०७६ पहिलो संशोधन सहितको नियम ५० को उपनियम ५” क” को देहाय ” क” ” ख” र ” ग ” मा उल्लेखित कार्यहरु गरिएको देखिएको हुदा सोही नियमको उपनियम “७  ” बमोजिम सफाइ माग गरिएकोमा तपाईले पेश गरेको सफाइ सन्तोषजनक नदेखिएको हुदा प्रधानअध्यापकको जिम्मेवारीबाट हटाइएको पत्रमा उल्लेख छ ।

यहाँ कमेन्ट गर्नुहोस्