१३ चैत्र २०८२, शुक्रबार

ठुलो परिणाममा लागूऔषध सहित लालपत्ता देखि एक युवक पक्राउ

कान्छो खवर । शुक्रबार, चैत्र १३, २०८२

गाईघाट   १३   चैत  ।

प्रहरीले शुक्रबार साझ ठुलो परीणाममा लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ  ।

कदमाह – गाईघाट सडक खण्ड अन्तरगत लालपत्ता प्रहरी चौकी अगाडिदेखि  प्रहरीको चेकजाचको क्रममा त्रियुगा नगरपालिका ९ का चुडामणि रायमाझीलाई   २ हजार २ सय १० ट्याबलेट लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।

सिराहाको लहान बजार देखि  गाईघाट तर्फ आउदै गरेको स .१ ज .५०३ नम्बरको यात्रुबाहक  विङ्गर गाडी चेकजाचको क्रममा रायमाझीको साथ बाट उक्त परिणामको लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

रायमाझीको साथ बाट ओपिडोल ७९० ट्याबलेट , स्पाइसपेन ७९० ट्याब्लेट र नाइट्रोजेपाम ५४० लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।पक्राउ परेका रायमाझी लागूऔषध सेबनकर्ता र कारोबारी रहेकोे खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले म्याद थप गरेर रायमाझी विरुद्ध अनुसन्धान सुरु गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्