कान्छो खवर । शुक्रबार, चैत्र १३, २०८२
गाईघाट १३ चैत ।
मधेसीमुलका बालेन्द्र साह शुक्रबार प्रधानमन्त्रीमा नियुक्ति भएकोमा मधेसी समाज उदयपुरले आज साझ हर्षबढाई गरेको छ ।
त्रियुगा नगरपालिका १२ दुर्गा मन्दिर अगाडि ११११ दिप प्रज्वलित गरेर साझ पख दिपावली गरेको हो । साह पहिलो पटक मधेसीमुलबाट प्रधानमन्त्री बन्न सफल भएको हुँदा उनको सम्मानमा दिपावली गरिएको समाजका महासचिव ललित साहले बताए ।
दिप प्रज्वलित कार्यक्रम समाजका अध्यक्ष सत्यनारायण झा , त्रियुगा उधोग बाणिज्य संघका अध्यक्ष गजेन्द्र भगत , ब्याबसायी रमेश बिस्वकर्मा , ब्यापारी र स्थानियको सहभागिता रहेकोे थियोे ।
यहाँ कमेन्ट गर्नुहोस्