१३ चैत्र २०८२, शुक्रबार

प्रधानमन्त्री बालेन्द्र साहको मन्त्रीमण्डलमा १५ जना मन्त्री

कान्छो खवर । शुक्रबार, चैत्र १३, २०८२

गाईघाट   १३  चैत  ।

प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा १५ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । प्रधानमन्त्री र नबगठित मन्त्रीमण्डलका सदस्यहरुले आजै रास्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् ।

नबगठित मन्त्रीमण्डलमा प्रधानमन्त्री साहले रक्षा र उधोग मन्त्रालय आफैंले राखेका छन् भने स्वर्णिम वाग्ले , अर्थ मन्त्री , शिशिर खनाल , परराष्ट , सुधन गुरुङ , गृह , सोबिता गौतम , कानुन , न्याय तथा संसदिय मामिला , प्रतिभा राबल ,सघिय मामिला तथा  सामान्य प्रशासन भुमि ब्यबस्था   , गणेश पौडेल ,सस्कृती ,  पर्यटन तथा नागरिक उड्डयन , दिपक साह , श्रम तथा रोजगार सामाजिक सुरक्षा  , सीता बादी , महिला बालबालिका तथा जेष्ठ नागरिक  मन्त्री रहेका छन् ।

त्यसै गरि बिक्रम तिमिल्सिना , सूचना , सन्चार र प्रबिधि , सुशील लम्साल  भौतिक पुर्बधार तथा यातायात , सहरी बिकास  , सस्मित पोखरेल शिक्षा तथा प्रबिधि , बिराजभक्त श्रेष्ठ , उर्जा , जलस्रोत तथा सिचाइ मन्त्रीमा नियुक्त भएका छन् ।

स्वास्थ तथा जनसंख्या , खानेपानी मन्त्रीमा निशा मेहता र गिता चौधरी कृषि तथा पशुपन्छी बिकास , बन तथा बाताबरण मन्त्रीमा नियुक्त भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्