कान्छो खवर । बिहिबार, चैत्र १२, २०८२
गाईघाट १२ चैत ।
नेपालको इतिहास मै मधेसी समुदाय बाट पहिलो प्रधानमन्त्रीमा नियुक्ति हुन लागेका रास्ट्रीय स्वतन्त्र पार्टीबाट सासद निर्बाचित बालेन्द्र साहको संमानमा मधेसी समाज उदयपुरले शुक्रबार साझ दिपावली गर्ने भएको छ ।
बालेन साह शुक्रबार प्रधानमन्त्रीमा नियुक्ति हुदै छन् । उनले १२.३४ बजे प्रधानमन्त्री पदको सपथ लिदै छन् ।मधेसी समुदायबाट उनी प्रधानमन्त्री बन्न लागेको खुशियालीमा त्रियुगा नगरपालिका १२ दुर्गा मन्दिर परिसरमा भोलि साझ ६ बजे ११११ दिप प्रज्वलको कार्यक्रम राखिएको समाजका महासचिव ललित साहले बताए ।
उनले बधाई तथा दिपावली मनाउने कार्यक्रम राखिएको र साझपख घरघरमा दिपावली गर्न मधेसी समुदायलाई आग्रह गरिएको बताए ।
यहाँ कमेन्ट गर्नुहोस्