१२ चैत्र २०८२, बिहिबार

१२ चैत्र २०८२, बिहिबार

सडेगलेको अबस्थामा महिलाको शब जङ्गलमा फेला

कान्छो खवर । बिहिबार, चैत्र १२, २०८२

गाईघाट   १२    चैत  ।

बीस दिन अघि देखि  हराइरहेकी एक महिलाको शब बुधबार दिउसो सडेगलेको अबस्थामा जङ्गलमा फेला परेको छ ।

घरमा कसैलाई केही नभनी फागुन २१ देखि हिडेकी उदयपुरगढी गाउपालिका ५ भोगरेनीकी ४६ बर्षीया सोममाया तामाङको शब वडा ५ मवासीको जंगलमा दिउसो ११ बजे फेला परेको प्रहरीले जनाएको छ ।

तामाङ हराए पछी उनका पति घनबहादुर राईले खोजतलास गरि पाउ भन्दै चैत ३ मा हुलिया सहित प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।प्रहरीले शब पोस्ट मार्टमको लागि जिल्ला अस्पतालमा ल्याएको छ भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्