कान्छो खवर । बुधबार, चैत्र ११, २०८२
गाईघाट ११ चैत ।
भारतको हैदराबादमा गाडीको ठक्करबाट एक नेपाली युबाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ जिल्ला खोटेहाङ गाउपालिका ७ भडारेका २५ बर्षिय तिलक परियार रहेका छन् ।
बाटो काट्ने क्रममा उनलाई चैत ५ बजे गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीररूपमा घाइते परियारको सेकेन्दराबादस्थित गान्धी अस्पतालमा भर्ना गरिएकोमा बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको अमरसिह बस्नेतले बताए ।
मृतकका आफन्तहरुले हैदराबाद देखि दिएको जानकारी अनुसार अस्पतालले उपचार खर्च बापत झन्डै ६० हजार भारु तिरेर शब लान भनेको तर पैसा तिर्न समस्या परेकोले परियारको शब अस्पताल मै रहेको रहेकोे छ ।
मृतक चैत २ गते साथी भाईहरु सग कामको खोजीमा घरदेखि हिडेका थिए । उनी ५ चैतमा हैदरावाद पुगेकै भोलिपल्ट शुक्रबार दुर्घटनामा परेका हुन् । श्रीमती छुट्टीएर बसेकोले मृतको ५ बर्षिय छोरा दिदीबहिनीको साथमा खोटाङमा रहेको स्थानिय उजिर राईले बताए ।
घरको आर्थिक अवस्था दयनीय भएकोले परियार कामको खोजीमा भारत तर्फ लागेको राईले बताए । ऊनी घर छोडेर हिडेका दिन हुरी बतासले उनको घरको छानो उडाएर लगेको राईले बताए ।
परियार फागुन २१ गतेको निर्वाचनमा निर्वाचन प्रहरी भएर काम गरेको राईले बताए । उनको शब भारत बाट ल्याउन परियारलाई रोजगारीको लागि भारत लाने एजेण्टको खोजी भैरहेको र गाउपालिकालाई खर्चको जोहो गरिदिन आग्रह गरिएको राईले बताए ।