०९ चैत्र २०८२, सोमबार

०९ चैत्र २०८२, सोमबार

गाईघाट बजारमा बैशाख पहिलो हप्ता देखि उदयपुर विशेषज्ञ पोलिक्लिनिक संचालनमा आउने

कान्छो खवर । सोमबार, चैत्र ०९, २०८२

गाईघाट  ९  चैत  ।

विशेषज्ञ सहितको पोलिक्लिनिक गाईघाट बजारमा सन्चालन हुन लागेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा उदयपुर विशेषज्ञ पोलिक्लिनिक बैशाखको पहिलो हप्ता देखि सुरु हुन लागेको उक्त पोलिक्लिनिकका संचालक डा . बिबेकप्रभात शाहले बताए ।

उनले सबै प्रक्रिया पूरा भैसकेकोले अब संचालनको अन्तिम चरणमा रहेको बताए । झन्डै १ करोड ५० लाखको लागत रहेको पोलिक्लिनिकमा विशेषज्ञ सहितको ओपिडी संचालन हुने शाहले बताए ।

डिआर प्रणाली वा डिजिटल एक्सरे , भिडियो एक्सरे , इकोकार्डियोग्राफि ” मुटुको भिडियो एक्सरे” , अत्याधुनिक प्रयोगशाला , इसिजी , पिएफटि , छाला , मुटु , फोक्सो , कलेजो , किड्नी विशेषज्ञबाट उपचार सुबिधा रहने उनले जानकारी दिए ।

पोलिक्लिनिकमा छाला सम्बन्धि उपचार स्किन एनाल्याइजर प्रबिधि बाट गरिने उनले जानकारी दिए ।सुगर रोगको सबै प्याकेज पोलिक्लिनिकले उपलब्ध गराउने भएकोले अब सुगरका बिरामीहरुले ल्याब सुबिधा लिन अन्यत्र जानु अपर्ने डाक्टर शाहले बताए ।

अब सुगर , थाइराइडका बिरामी बाहिर  चेकजाँच र उपचार गर्न जानु पर्दैन , विशेषज्ञ सहितका सबै उपचार सेवा यहि बाट उपलब्ध हुनेछ । उनले  भने ।

पोलिक्लिनिकमा सबै जाचमा बिरामीले विशेष छुट पाउनुको साथै यहा संचालित फार्मेसीबाट औषधी खरिद गरेमा दस प्रतिशत छुट दिने ब्यस्था गरिएको उनले बताए ।

अब खुल्न लागेक पोलिक्लिनिकले सबै किसिमका खोप सेवा दिने समेत डा शाहले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्