कान्छो खवर । आइतबार, चैत्र ०८, २०८२
गाईघाट ८ चैत ।
नेपाल नाई संघको केन्द्रिय सदस्य हिरालाल ठाकुरको आइतबार दिउँसो हृदयघातको कारण निधन भएको छ ।
भारतको राजस्थान स्थित मनोरमा धामको दर्शन गरेर फर्केने क्रममा भारत नेपालको बोर्डर जलेश्वर प्रहरी चेकपोस्ट नजिक ठाकुरलाई हृदयघात हुदा तत्काललै मृत्यु भएको हो ।
६८ बर्षिय ठाकुर पिछडा बर्ग उल्थान समिति उदयपुरका जिल्ला अध्यक्ष समेत हुन् । लामो समय निजामती सेवामा आबद्ध ठाकुर विभिन्न सामाजिक कार्यमा संलग्न रहदै नेपाली काङ्ग्रेसका सकृय कार्यकर्ता रहेका थिए ।
उनको शब गाईघाट ल्याउने तयारी भैरहेको मृतकका भान्जा मिथुन ठाकुरले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्