०८ चैत्र २०८२, आइतबार

ढिलो आउने कर्मचारीको कार्यकक्षमा तालाबन्दी गर्दै वडा अध्यक्ष राईले कर्मचारीलाई हाजिर गर्न दिएनन्

कान्छो खवर । आइतबार, चैत्र ०८, २०८२

गाईघाट  ८  चैत  ।

समयमा कार्यालय नआउने कर्मचारी विरुद्ध त्रियुगा नगरपालिका १२ का वडा अध्यक्ष नबिनकुमार राई खरो भएर उत्रिएका छन् ।कर्मचारी  समयमा नआएर घन्टौं सम्म कुरेर बस्नुपर्ने बाध्यता भएको सेवाग्राहीबाट गुनासो आए पछी अध्यक्ष राई आइतबार कर्मचारी विरुद्ध एक्सनमा उत्रिएका हुन् ।

कार्यालय समय भन्दा ढिलो गरि वडामा आएका कर्मचारीलाई भित्र प्रवेश गर्न नदिएर कोठामा ताला लगाए अध्यक्ष राईले तीन जना कर्मचारीलाई फिर्ता पठाइएका छन् । विभिन्न कामको लागि आएका सेवाग्राही लामो समय कर्मचारीलाई कुरेर बस्नु परेको जानकारी आए लगत्तै राई वडा कार्यालय पुगेका थिए ।

कर्मचारी समयमा नआएक देखे पछी वडा अध्यक्ष राईले कर्मचारीलाई हाजिर गर्न रोकेको मात्र नभै उनिको कार्यकक्षमा समेत तालाबन्दी गरेका थिए ।

कर्मचारी समयमा नआएको गुनासो आए पछी आफै कार्यालय आएर अनुगमन गरेको उनलेे बताए । महत्त्वपूर्ण कम्प्युटर शाखाका कर्मचारी समेत समयमा नआएर सेवाग्राही कुरेर बसेका रहेछन् , अहिले सबै काम कम्प्युटरबाट हुने भएकोले कम्प्युटरमा काम गर्ने कर्मचारी समय अगाडी नै कार्यालय आउनु पर्ने उनले बताए

आज हाजिर गर्न मात्र रोकेका छौं , अब पटकपटक कर्मचारी समयमा कार्यालय नआएमा सेवा बाट समेत निष्कासन गर्ने छौ ।राईले भण्डारी ।

यहाँ कमेन्ट गर्नुहोस्