कान्छो खवर । बिहिबार, चैत्र ०५, २०८२
गाईघाट ५ चैत ।
सोमबार साझपख वर्षा सगै आएको हावाहुरीको कारण उदयपुरमा दुईको मृत्यु हुनुको साथै करोडौं मुल्य बराबरको क्षेती भएको प्रहरीले संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
हावाहुरीको कारण ढलेको रुखले लागेर कटारी नगरपालिका ५ तिनकुने चौकका ६४ बर्षिय बीरेन्द्र चौधरी र ४६ बर्षीया मिनामाया तामाङको मृत्यु भएको प्रहरी प्रतिबेदनमा उल्लेख छ ।अन्य दुई जना समेत घाइते छन् ।
चैत २ गते साझ ७.३० बजेको समयमा वर्षा संगै चलेको हुरिबतासले भौतिक पुर्बधारमा क्षेती पुर्याउदा झन्डै १ करोड २० लाख ६६ हजार ५ सय रुपैया बराबरको क्षेती भएको छ । जिल्लाको आठ वटा स्थानिय तह मध्य ६ वटा नगर र गाउपालिकामा हुरीबतासले क्षेती पुर्याएको छ ।
त्रियुगा र बेलका नगरपालिकामा भने हुरीबतासले कुनै क्षेती पुर्याएको छैन ।कटारी नगरपालिकामा ६३ वटा , ताप्ली गाउपालिकामा ३२ , लिम्चुङ्बुङ गापमा २५ , उदयपुरगढी गापमा ४ , रौतामाई गापमा , २ र चौदण्डीगढी नपामा २ गरि जम्मा १२८ वटा स्थानिय बासिन्दाको घर संरचनामा क्षेती पुगेको छ ।
जस्तापाताले छाएको काठे घरको बढी जसो घरको छाना हुरीबतासले उडाएको छ ।छ वटा स्थानिय तह भित्रका बिद्यालय , सामुदायिक भबन गरि अन्य सात वटा भबनमा समेत क्षेती पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।