कान्छो खवर । बुधबार, चैत्र ०४, २०८२
गाईघाट ४ चैत ।
गुडिरहेको स्कूसबाट खसेर उदयपुरको बेलकामा बुधबार साझ एक नौ बर्षिय बालकको मृत्यु भएको छ ।
भित्री सडक हुदै जहदा देखि हरिपुर तर्फ जादै गरेको को १ ख ३५१६ नम्बरको बेलका बोर्डिङ स्कूसको बसबाट खसेर ९ बर्षिय सफल बस्नेतको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले चालक बेलका ८ सिसौलीका ३४ बर्षिय प्रेम तामाङलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतक बालकको शब पोस्टमार्टमको लागि धरानस्थित बिपि कोइला स्वास्थ बिज्ञान प्रतिस्ठान लगिएको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्