कान्छो खवर । बुधबार, चैत्र ०४, २०८२
गाईघाट ४ चैत ।
पुरै दुनियाँ चकित हुने गरि आज दिउसो खोटाङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा धन्न कुनै मानवीय क्षेती भएन ।
अवतरणको क्रममा दिउसो १२ बजेर २ मिनेटमा ९एनएएएफक्वु कलसाइनको उक्त हेलिकप्टर खोटाङ केपिलासगढी २ मा दुर्घटना हुदा एक जना घाइते भएका छन् । हेलिकप्टरमा सवार पाइलट सहित अन्य ५ जना सकुशल रहेको खोटाङ प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका प्रबक्ता सन्तुस्ट बस्नेतले दुर्घटना पछी आगलागी नभएर ठुलो मानवीय क्षेती टरेको बताउँछन् । मैले पनि दुर्घटनाको भिडियो हेरे , दुर्घटना पछी आगलागीको संभावना उच्च देखिन्छ । उनले भने हेलिकप्टर दुई टुक्रा हुने गरि भुइँमा बजारीन्छ , फ्युल सहितको हेलिकप्टर आगलागी बाट जोगिनु नै मानवीय क्षेती हुन बाट जोगिनु रहेको उनले बताए ।
हेलिकप्टर दुर्घटनाको केहि घन्टा पछी नेपाल नागरिक उड्डयन प्राधिकरणले बिज्ञप्ति जारी गर्दै अवतरणको क्रममा असन्तुलन भै हेलिकप्टर जमिनमा पल्टिएको उल्लेख गरेको छ ।
केपिलासगढी २ का डाकमणि राईको श्रीमती मनछुली राईको बेलायतमा एक महिला अघि निधन भएकोमा शब खोटाङ ल्याएर अन्त्यस्ती गर्ने कार्यक्रम थियो । राईको शब शबबाहनमा राखेर डाकमणी छोराछोरी र पास्टर सहित हेलिकप्टरमा गाउ आएका थिए ।