०२ चैत्र २०८२, सोमबार

फरार दुई प्रतिबादी पक्राउ

कान्छो खवर । सोमबार, चैत्र ०२, २०८२

गाईघाट   २  चैत  ।

विभिन्न मुद्दामा फरार दुई प्रतिबादि पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कटारीले उनिहरुलाई कटारी देखि आइतबार पक्राउ गरेको हो ।

बिना इजाजत बनपैदाबार  खरिद बिक्री र ओसारपसार गरेको आरोपमा कटारी ४ देखि ५५ बर्षिय बिनोद ठाकुर र चेक अनादर मुद्दामा फरार रहेकी सोही ठाउ बस्ने ३५ बर्षीया शोभाकुमारी चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनकोलागि जिल्ला अदालत उदयपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्