२६ फाल्गुण २०८२, मंगलबार

२६ फाल्गुण २०८२, मंगलबार

उदयपुरमा समानुपातिक तर्फ रास्ट्रीय स्वतन्त्र पार्टीकै बढी मत , सदर मतमा ५० प्रतिश भन्दा बढी

कान्छो खवर । सोमबार, फाल्गुण २५, २०८२

गाईघाट   २५   फागुन  ।

उदयपुरमा समानुपातिक तर्फको मतगणना सकिएको छ । मतपरिणाममा  रास्ट्रीय स्वतन्त्र पार्टीले सबै ठुला दललाई पछी पार्दै सबै भन्दा बढी मत ल्याएको छ ।

सदर मतको पचास प्रतिशत भन्दा बढी मत रास्वपाले ल्याएको छ। खसेको मत मध्य  ९७ हजार ६७ मत सदर भएकोमा उस्ले ५० हजार ६१८ मत ल्याएको छ ।

रास्वपा पछी पहिलो पटक निर्वाचनमा भाग लिएको श्रम सस्कृती पार्टीले दोस्रो मत ल्याएको छ । उस्ले १७ हजार २८८ मत ल्याएको छ ।नेकपा एमालेले १५ हजार ६६५ मत ल्याएर तेस्रो भएको छ ।नेपाली काङ्ग्रेसले १४ हजार ६१७ , नेपाल कम्युनिस्ट पार्टीले १० हजार ७२६ मत ल्याएको छ ।

त्ससैगरी रास्ट्रीय परिबर्तन पार्टीले २ हजार ५ सय ३ र रास्ट्रीय प्रजातन्त्र पार्टीले १ हजार ५२८ मत ल्याएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्