२६ फाल्गुण २०८२, मंगलबार

२६ फाल्गुण २०८२, मंगलबार

आगामी बैशाख देखि उद्योग , ब्यापार र पर्यटन उदयपुरको धन अभियान सन्चालन गरिने नेकपाका नेता बलदेव चौधरीको भनाइ

कान्छो खवर । सोमबार, फाल्गुण २५, २०८२

गाईघाट  २५  फागुन ।

उदयपुरको निर्वाचन क्षेत्र १ बाट नेपाल कम्युनिस्ट पार्टीको उमेदवार बनेका बलदेव चौधरीले आफू निर्वाचनमा पराजित भए पनि स्थानिय मतदाता सग निर्वाचनको क्रममा गरेको बाचा अनुसारको काम गर्ने बताएका छन् ।

निर्वाचनमा पराजय पछी उनले सोमबार निज निबासमा गरेको पत्रकार भेटघाटको क्रममा भोट माग्ने क्रममा मतदाता संग साझा लक्ष्य सबैको साथ उदयपुरको बिकासमा मिलाऔ हात” भन्ने नारालाई आत्मसात गर्दै उद्योग , ब्यापार , पर्यटन उदयपुरको धन अभियान सन्चालन गरि ५० हजारलाई रोजगारीको अबसर सिर्जना गर्न तयारी भैरहेको बताए ।

मैले हारे पनि चुनावको बेला गरेको प्रतिबद्धता पुरा गर्ने छु , उनले भने ।आगामी बैशाख देखि इएटि अर्थात  इनर्जी , एग्रीकल्चर र टुरिज्म अभियानमा संलग्न हुने उनले बताए ।

उनले निर्वाचनको क्रममा घरदैलोमा पुगेर जुन समस्या , भावना र सपनाहरु सुन्ने र बुझ्ने पाएको अबसर मेरा लागि सधै मार्गनिर्देशन रहने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्