२६ फाल्गुण २०८२, मंगलबार

२६ फाल्गुण २०८२, मंगलबार

उदयपुरको २ नम्बर क्षेत्रको समानुपातिक तर्फको मतगणना सकियो , धेरै मत रास्वपाकै , एमाले , काङ्ग्रेस , नेकपाको मत घट्यो

कान्छो खवर । सोमबार, फाल्गुण २५, २०८२

गाईघाट  २५   फागुन  ।

उदयपुरको २ नम्बर क्षेत्रको समानुपातिक तर्फको मतगणना सकिदा रास्ट्रीय स्वतन्त्र पार्टीको पहिलो मत आएको छ । रास्वपाले प्रत्यक्षमा पाएको भन्दा १ हजार ९९९ बढी मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रास्वपाले उक्त क्षेत्र बाट समानुपातिकमा १६ हजार ८०१ मत पाएको छ ।प्रत्यक्षमा पार्टीको उमेदवार सुर्य तामाङले १४ हजार ८०२ मत पाएर प्रतिनिधि सभा सदस्यमा निर्बाचित भएका छन् ।

दोस्रो मत नेकपा एमालेले पाएको छ ।उस्ले प्रत्यक्षमा पाएको भन्दा १ हजार १२४ कम मत पाएको छ ।समानुपातिकमा ६ हजार ५२४ मत पाउदा एमालेका उमेदवारले प्रत्यक्षमा ७ हजार ६४८ मत ल्याएको थियोे।

त्यसै गरि काङ्ग्रेसको समानुपातिक मत पनि घटेको छ । प्रत्यक्षमा ७ हजार २८७ मत ल्याएको काङ्ग्रेसको समानुपातिकमा ५ हजार ८१५ मत आएको छ ।प्रत्यक्षमा पाएको भन्दा १ हजार १२४ कम मत समानुपातिकमा आएको हो ।

नेपाल कम्युनिस्ट पार्टीको ४२२ मत समानुपातिकमा घटेको छ ।प्रत्यक्षमा ५ हजार ११७ मत ल्याउदा समानुपातिकमा ४ हजार ६९५ मत आएको छ ।

पहिलो पटक निर्वाचनमा सहभागिता रहेकोे श्रम सस्कृती पार्टीको प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत आएको छ । पार्टीले प्रत्यक्षमा पाएको ४ हजार १३९  मत भन्दा ८५३ बढी मत ल्याएको छ । श्रम सस्कृतिको समानुपातिकमा ४ हजार ९९२ मत पाएक छ ।

४५ हजार ७३ मत गणना हुदा २ हजार ८८५ मत भने बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको १ नम्बर क्षेत्रको समानुपातिक तर्फको गणना भैरहेको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्