कान्छो खवर । आइतबार, फाल्गुण २४, २०८२
गाईघाट २४ फागुन ।
नेपाली काङ्ग्रेसको बिरासत भत्काउदै उदयपुरको १ नम्बर क्षेत्रबाट रास्ट्रीय स्वतन्त्र पार्टीका पारशमणि गेलाल प्रतिनिधि सभा सदस्यमा ठुलो मत अन्तरले निर्बाचित भएका छन् ।
उनले प्रतिस्पर्धी श्रम सस्कृती पार्टीका राजेशकुमार राईलाई १८ हजार ९८४ मत अन्तरले हराएका हुन् । उदयपुरमा अहिलेसम्म यति धेरै मत अन्तरले निर्बाचित हुने गेगाल पहिलो उमेदवार हुन् ।
गेलालले ३० हजार ५९० मत पाएका छन् ।भने राईले ११ हजार ६०६ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । पहिलो पटक निर्वाचनमा पार्टी खोलेर भाग लिएका श्रम सस्कृती पार्टीले उदयपुरमा तीन ठुला दललाई पछि पार्दै निकै राम्रो मत ल्याएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका उमेदवार बलदेव चौधरीले १० हजार १०१ मत ल्याउदा नेपाली काङ्ग्रेसका बिदुर बस्नेतले ९ हजार ६७५ र नेकपा एमालेका दुर्गाकुमार थापाले ९ हजार २०६ मत ल्याएका छन् ।
नेपाली काङ्ग्रेसका नेता डा. नारायण खड्काले निरन्तर प्रतिनिधि सभा सदस्य जित्दै आएको १ नम्बर क्षेत्रमा पहिलो पटक काङ्ग्रेसबाट पुर्ब सभापति बस्नेतलाई उमेदवार बनेका थिए ।
२ नम्बर क्षेत्रमा पनि यस अघि रास्वपाका सुर्य तामाङ बिजय भएका छन् ।