३० चैत्र २०८२, सोमबार

३० चैत्र २०८२, सोमबार

उदयपुरको क्षेत्र नम्बर २ बाट रास्वपाका लामा निर्बाचित , १ नम्बर क्षेत्रमा पनि रास्वपा उमेदवार गेलाल अगाडि

कान्छो खवर । आइतबार, फाल्गुण २४, २०८२

गाईघाट  २४  फागुन  ।

उदयपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा रास्ट्रीय स्वतन्त्र पार्टीका उमेदवार सुर्य लामा निर्बाचित भएका छन् । नेकपा एमालेका अमरबहादुर रायमाझीलाई दोब्बर मत अन्तरले हराउँदै लामा निर्बाचित भएका हुन् ।

लामाले १४ हजार ८०२ मत प्राप्त गरेका छन् भने रायमाझीले ७ हजार ६४८ मत पाएका छन् ।नेपाली काङ्ग्रेसका रामकुमार राईले ७ हजार २९० , नेपाल कम्युनिस्ट पार्टीका हिमाल राईले ५ हजार १९७ र श्रम सस्कृती पार्टीका बलराज राईले ४ हजार १३९ मत ल्याएका छन् ।

क्षेत्र नम्बर १ मा समेत रास्वपाका उमेदवारले मत अन्तर दोब्बर पुर्याएका छन् । अहिलेसम्मको मतगणना अनुसार रास्वपाका पारशमणि गेलाल  २० हजार ५०२ मत ल्याएर अग्रता लिरहेका छन् । उनको प्रतिस्पर्धामा श्रम सस्कृती पार्टीका राजेशकुमार राईले ९ हजार ६१७ मत ल्याएका छन् ।

नेकपा एमालेका दुर्गाकुमार थापाले ७ हजार ५०९ , नेपाली काङ्ग्रेसका बिदुरकुमार बस्नेतले ६ हजार ५६० र नेपाल कम्युनिस्ट पार्टीका बलदेव चौधरीले ६ हजार ५५६ मत ल्याएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्