कान्छो खवर । शनिबार, फाल्गुण २३, २०८२
गाईघाट २३ फागुन ।
रास्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले पार्टीका सम्पुर्ण जिम्मेवारीहरुबाट राजीनामा गरेका छन् ।
प्रतिनिधि सभा सदस्यकोलागि काठमाडौ १ बाट उमेदवार बनेर पराजित भए पछी उनले सनिवार दिउसो सामाजिक संजालमा प्रेस बिज्ञप्ति जारी गर्दै आजकै मिति देखि लागू हुने गरि पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।
दलिय राजनीतिबाट तत्कालकोलागि बिदा भएको शिर्षक राखेर उनले जारी गरेको बिज्ञप्तिमा देशभरी राजसस्थाको पक्षमा व्यापक जनमत हुदाहुदै पनि सो जनमतलाई सङ्गठित र पुजीकृत गर्न रास्ट्रीय प्रजातन्त्र पार्टी बिबिध कारणले बारम्बार बिफल भएको , जस्को कारण पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले अफु पनि जिम्मेवार रहेको उल्लेख छ।
राजसस्था पुनस्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा आफ्नो अडान यथाबत रहने उल्लेख गर्दै उनले गैरदलिय स्वतन्त्र रूपमा आफ्नो बिचार र अडानमा मुखरीत रहिरहने बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
” देश भन्दा माथि स्वार्थ ” लाई राखेर ब्यक्तीले पाउने , देशले नपाउने , कुनै पनि काम कुनै हालतमा गर्ने छैन । उनले भनेका छन् ।