कान्छो खवर । शुक्रबार, फाल्गुण २२, २०८२
गाईघाट २२ फागुन ।
उदयपुरको क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार रास्ट्रीय स्वतन्त्र पार्टीका पारशमणि गेलालको अग्रता कायमै रहेकोे छ ।मतगणना देखि नै उनले अग्रता लिएका हुन् ।
अहिलेसम्म ८ हजार ५ सय मतगणना हुदा उनले २८ हजार ४२ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा श्रम सस्कृती पार्टीका राजेशकुमार राई छन् ।उनले १ हजार ६ सय ४९ मत पाएका छन् ।
तेस्रो स्थानमा १ हजार ३३३ मत ल्याएर नेकपा एमालेका दुर्गा थापा छन् ।नेपाल कम्युनिस्ट पार्टीका बलदेव चौधरीले १ हजार ८६ र नेपाली काङ्ग्रेसका बिदुर बस्नेतले ८९० मत प्राप्त गरेका छन् ।
उदयपुर क्षेत्र नम्बर २ मा श्रम सस्कृती पार्टीका रामकर्ण राईले ५२९ मत ल्याएर अग्रता हासिल गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टीका सुरेशकुमार राईले ३८० मत ल्याएर दोस्रो स्थानमा छन् । नेकपा एमालेका अमर रायमाझीले ३७९ , रास्ट्रीय स्वतन्त्र पार्टीका सुर्य तामाङले २७९ र नेपाली काङ्ग्रेसका रामकुमार राईले २४४ मत प्राप्त गरेका छन् ।