२३ फाल्गुण २०८२, शनिबार

उदयपुरको २ नम्बर क्षेत्रको मतगणना अब सुरु हुदै

कान्छो खवर । शुक्रबार, फाल्गुण २२, २०८२

गाईघाट  २२  फागुन  ।

प्रतिनिधि सभा निर्वाचनको उदयपुर क्षेत्र नम्बर २ को मतगणना ११.३० बजे देखि सुरु हुने भएको छ । सर्बदलिय बैठक पछी निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै शुक्रबार बिहान ११.३० बजे देखि मतगणना गर्ने जनाएको छ ।

मतपेटिका बिहानपख सम्ममा सबै आइसकेको र मतगणनाको सबै प्रक्रिया सकिएकोले अब केही बेर पछी क्षेत्र नम्बर २ को मतगणना हुदै छ । कटारीस्थित उदयश्री बहुमुखी क्याम्पसको दोस्रो तल्लामा मतगणना हुने निर्वाचन अधिकृत लोकबहादुर कटुवालले बताए ।

उक्त क्षेत्रमा कुल मतदाता ९६ हजार १२२ रहेकोमा ४४ हजार ६३४ अर्थात ४६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्