२२ फाल्गुण २०८२, शुक्रबार

उदयपुरगढीको गोहियामा वीरबहादुर रोकायको घरमा आगलागी , झण्डै १० लाख मुल्य बराबरको धनमाल जलेर नष्ट

कान्छो खवर । बिहिबार, फाल्गुण २१, २०८२

गाईघाट  २१  फागुन  ।

उदयपुरगढी गाउपालिका १ गोहियामा बिहिवार दिउसो स्थानिय बिरबहादुर रोकायको घरमा आगलागी हुदा झन्डै १०  लाख मुल्य बराबरको धनमाल जलेर नस्ट भएको छ ।

घरमा कोहि नभएको बेला आगलागी भएको हो ।निर्वाचनमा मत खसाल्न गएको बेला रोकायको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भए लगत्तै कटारी नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।

आगलागी भए लगत्तै दमकल आएर आगो निभाएकोले रोकायको घर वरिपरिका अन्य घरहरुमा कुनै क्षेती नभएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्