कान्छो खवर । बिहिबार, फाल्गुण २१, २०८२
उदयपुरको चौदण्डिगढी नगरपालिकाको ज्योति माबी बेल्टार मतदान केन्द्रमा ७८ बर्षिय नरबहादुर दर्जी मतदान गर्दै
गाईघाट २१ फागुन ।
उदयपुरमा जम्मा ५२ प्रतिशत मत खसेको छ ।जिल्लामा दुई क्षेत्र रहेकोमा १ नम्बर क्षेत्रमा ५६ प्रतिशत र दुई नम्बर क्षेत्रमा ४६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।
क्षेत्र नम्बर १ मा कुल मतदाता संख्या १ लाख ४२ हजार ८०४ रहेकोमा ७९ हजार ९५६ मत खसेको हो । मतदाता संख्या अनुसार जम्मा ५६ प्रतिशत मत १ नम्बर क्षेत्रमा खसेको हो । मतदाता मध्य ४२ हजार ६७२ महिला र ३७ हजार २८२ पुरुष रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसै गरि निर्वाचन क्षेत्र २ मा ४६ प्रतिशत मत खसेको छ ।कुल मतदाता संख्या ९६ हजार १२२ रहेकोमा महिलाको संख्या २१ हजार ६८२ र पुरुषको संख्या २२ हजार ९५२ रहेकोे छ ।
उदयपुरमा कुल मतदाताको संख्या २ लाख ३८ हजार ९२६ रहेकोे छ ।निर्वाचन क्षेत्र नम्बर १ को मतपेटिका सबै आईसकेको कारण आज राती ९ बजे देखि मतगणना कार्य सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा निर्वाचन निष्पक्ष र शान्तिपूर्णरुपमा भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दिपक दाहालले बताए ।