कान्छो खवर । मंगलबार, फाल्गुण १९, २०८२
गाईघाट १९ फागुन ।
सुरक्षाफौजले बेलटारमा बेवारिसे अबस्थामा फेला परेको शंकास्पद बस्तु अहिले साझ निष्क्रिय तुल्याएको छ ।
चौदण्डीगढी नगरपालिका २ लाटी खोलाको पुल नजिक मंगलबार दिउँसो फेला परेको उक्त शंकास्पद बस्तु ईलाका प्रहरी कार्यालय बेल्टार र पशुपतिप्रसाद गण पिपलटार ब्यारेक उदयपुरको संयुक्त टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।
उक्त बस्तु के थियोे भन्ने बारे केही खुलेको छैन ।प्रारम्भिक जाचको क्रममा उक्त बस्तु बिष्फोटक पदार्थ नभएको प्रहरीले दिएको जानकारीमा उल्लेख छ । निष्क्रिय तुल्याउने क्रममा भने बिष्फोटनको आबाज सुनिएको स्थानियले जानकारी दिएका छन् ।
प्रहरीले निर्वाचन बिथोल्नको लागि त्यस्तो बस्तु राखेको हुन सक्ने अनुमान गरेको छ ।प्रहरीले त्यस बारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्