१५ फाल्गुण २०८२, शुक्रबार

जिल्ला प्रशासन कार्यालय उदयपुरले निर्वाचन हुनु तीन दिन अगाडि देखि नै ड्रोन उडानमा रोक लगायो

कान्छो खवर । शुक्रबार, फाल्गुण १५, २०८२

गाईघाट   १५   फागुन  ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले आसन्न निर्वाचनलाई मध्य नजर गर्दै आइतबार देखि ड्रोन उडानमा रोक लगाएको छ ।

शुक्रबार  सहायक प्रमुख जिल्ला अधिकारी बिक्रमप्रसाद पाण्डे द्वारा जारी सार्वजनिक सूचनामा स्वच्छ , निष्पक्ष र भयरहित बाताबरणमा निर्वाचन सम्पन्न गराउनकोलागि आगामी फागुन १८ गतेदेखि निर्वाचन सम्पन्न नहुदा सम्म २१ गते सम्म तीन दिनको लागि कुनै ब्यक्ति वा निकायबाट अनुमति लिई सन्चालनमा रहेका ड्रोनहरु निर्वाचन भन्दा तीन दिन अगाडि देखि नै रोक लगाइएको उल्लेख छ ।

सूचनामा प्रशासन कार्यालयले जारी गरेको आदेश उलंघन गरि कसैले ड्रोनको प्रयोग गरेको पाइएकोमा प्रचलित कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले गरेको उक्त निर्णय मुलुकमै पहिलो रहेको सन्चारकर्मीहरुले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्