कान्छो खवर । शुक्रबार, फाल्गुण १५, २०८२
गाईघाट १५ फागुन ।
जनता समाजबादी पार्टीका अध्यक्ष अशोक राईले जेन्जी आन्दोलन पछी भएको संसद विघटन र सरकार गठन दुबै असंबैधानिक रहेको बताएका छन् ।
गाईघाटमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्ने उनले संसद विघटन पछी लिक बाहिर गएको राजनीतिलाई मुल बाटोमा ल्याउनकै लागि पनि आसन्न निर्वाचन अपरिहार्य रहेको बताए ।
फागुन ७ मा पुर्ब राजाले रास्ट्रीय सहमति पछी मात्र निर्वाचन हुने पर्ने बक्तब्यले रास्ट्रीय सहमति के को लागि , कोको बिच हुने भन्ने बारे केहि प्रष्ट नभएको उनलेे बताए । चुनावको मुखैमा मौन अबधि सुरु हुने समय आएको र निर्वाचन हुन केहि दिन बाकी रहदा यस्तो बेलामा रास्ट्रीय सहमतिको नाममा चुनाव रोक्न खोजे समस्या समाधान हुनको साटो झन बढेर जाने उनले बताए ।
अध्यक्ष राईले मुलुकको प्रशासनिक र न्यायलयलाई पुनर्संरचना गर्नुपर्ने बताए । हाम्रो प्रशासनिक स्वरुप निकै भद्दा रहेकोेले मन्त्री र सचीवको गरिमा अबमुल्यन भएको उनले बताए ।
यौटै मन्त्रालयमा दुई देखि तीन जना सम्म सचीव हुने गरेको छ, काममा आपसी समन्वय हुन नसक्दा प्रशासनिक काम कारबाही प्रभाबकारी ढंगले हुन नसकेको उनले बताए ।
मैले सरकारमा हुँदा पटकपटक न्यायलय पुनर्संरचनाको कुरा उठाउदा कुनै सुनुवाइ हुन नसकेको उनलेे बताए । संम्बैधानिक अदालत छुट्टै गठन गरौ , न्यायसम्पादन केहि ढिला भैरहेकोले उच्च अदालत बाट अन्तिम निरुपण हुने गरि केही मुद्दा फैसला गर्ने अधिकार उच्च अदालतलाई दिने गरि कानुन निर्माण गरौं भन्ने प्रस्ताव गर्दा छलफलमा आउने न्यायाधीशले बिरोध गरेको कारण उक्त प्रस्ताव पारित हुन नसकेको अध्यक्ष राईले बताए ।
उदयपुरको क्षेत्र नम्बर १ बाट आसन्न निर्वाचनमा पार्टीका उमेदवार बनेका गणेश राईको चुनावी प्रतिबद्धता पत्र घोषणा कार्यक्रममा बोल्दै उनले छिटो बिकास , धेरै रोजगारी र समृद्व नेपाल ! सानो आकारको सरकार , सजिलो नियम र शक्तिशाली सरकार !! पार्टीको आगामी लक्ष्य रहेकोे बताए ।