कान्छो खवर । बिहिबार, फाल्गुण १४, २०८२
गाईघाट १४ फागुन ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सबै तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।
निर्वाचनमा खटिएका मतदान अधिकृत , सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरुलाई तालीम तथा अभिमुखी कार्यक्रम संचालन भैसकेको र फागुन १७ देखि मतदान केन्द्र र मतदान स्थलमा कर्मचारी खटाउने तयारी भैरहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दीपक दाहालले बताए ।
उनले निर्वाचन कार्यालय बाट प्राप्त हुने सबै सामाग्री र मतपत्र आइसकेको बताए ।
यहाँ कमेन्ट गर्नुहोस्