कान्छो खवर । बुधबार, फाल्गुण १३, २०८२
गाईघाट १३ फागुन ।
गाईघाट बजारमा बुधबार दिउसो अचम्मको जनाबर भेटिएको छ ।अनुहार कुकुरको जस्तो , लामो पुच्छर भएको र पैताला बादरको जस्तो भएको अनौठो जनाबर संगम टोल उदयपुर बोर्डिङ स्कूस छेउमा बेवारिसे अबस्थामा फेला परेको हो ।
बिरामी अबस्थामा रहेको उक्त जनाबर के हो भन्ने बारे कसैले पहिचान गर्न सकेको छैन ।यस्तो जनाबर मैले कहिले देखेको थिइन् , स्थानिय सुनिल राईले भने । अनुहार कुकुरको शरीर र पैतालो अर्कै , के हो के ? उनले भने ।
उक्त जनाबरको फोटो खिचेर अहिले सामाजिक संजालमा राखेर भाइरल बनाउने काम समेत भैरहेको छ । डिभिजन बन कार्यालय गाईघाटलाई समेत खबर गरेर उद्घारको प्रयास भैरहेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्